|

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रलाई गम्भिर नोक्सान पुर्‍याउने ठेकेदार कम्पनीलाई कडा कार्वाही गर्ने चेतावनी दिएका छन्। प्रधानमन्त्री ओलीले ठेक्का लिने तर समयमै काम पूरा नगरेर राष्ट्रलाई दोहोरो मारमा पार्ने ठेकेदार कम्पनीलाई आगामी दिनमा ठेक्का दिन नसकिने पनि स्पष्ट पारे।

राष्ट्रिय विकास समस्या समधान सकितिको बैठमा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले रुग्ढ आयोजनामा निश्‍चित समय थप गरेर कामको जिम्मा दिनु पर्ने र समयमा काम नभए सम्झौता तोड्नु पर्ने प्रस्ताव गरेका थिए। सोही विषयलाई दोहोर्‍याउदै प्रधानमन्त्री ओलीलले निश्‍चित समय थप्दा पनि काम नसक्ने कम्पनिलाई सधैको लागि 'डिस क्‍वालिपाइ' गर्नु पर्ने बताएका हुन्। 

उनले काम होल्ड गरेर बसेका ठेकेदार कम्पनीलाई निश्चित अवधि दिएर काममा लगाउन र त्यसो गर्न नसके उनीहरुमाथि कार्वाही गर्न पनि सम्बन्धित निकायलाई सचेत गराए। प्रधानमन्त्री ओलीले कामै नगरेर केही ठेकेदार कम्पनीहरुले समस्यामा पारेको उल्लेख गर्दै ती समस्या समाधान गर्न ढिलाई नगर्ने पनि स्पष्ट पारे।

प्रधानमन्त्री ओलीले राष्ट्रको विकास, निर्माणको काममा तीव्रता दिन पनि सम्बन्धित सबै निकायलाई निर्देशन दिए। प्रदेश र स्थानीय तहसँग सहकार्य गरेर जनतालाई सेवा र सुविधा दिने कुरालाई उच्च प्राथमिकतामा राखेर अघि बढने सरकारको योजना रहेको प्रधानमन्त्री ओलीको भनाई छ।

प्रधानमन्त्री ओलीले संविधानले राष्ट्र र जनताको हितलाई केन्द्र भागमा राखेको उल्लेख गर्दै सोही अनुसारको कामलाई अघि बढाउन सरकार प्रतिवद्ध रहेको पनि बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.