|

धनुषा :  जनकपुरधाम उपमहानगरपालिका–२ कदम चोकस्थित होटलमा ग्यास सिलिण्डर विस्फोट भएको छ।  विस्फोटबाट तीन होटल जलेर खरानी बनेका  छन्।

आगलागीबाट गोबिन्द मिष्ठान भण्डार, ठाकुर मिष्ठान भण्डार र एक भोजनालय जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।  शुक्रबार बिहान ३ बजेट श्रृंखलावद्ध रुपमा ९ ग्यास सिलिण्डर विस्फोट भएको अनुमान गरिएको छ। तर बिहान कसरी ग्यास सिलिण्डर विस्फोट भएको विषयमा केहि खुल्न नसकेको प्रहरीको भनाइ छ। विस्फोटबाट मानविय क्षति भने भएन।

ग्यास विस्फोट हुँदा ठूलो आवाज सुनिएको स्थानीय बताउँछन्। ठूलो आवाजले त्यस क्षेत्रका बासिन्दा त्रसित बनेका थिए। के भयो भनेर घरबाट बाहिर निस्कदा आगलागी भएको देखेँ– स्थानीय रमेश साहले भने। उनका अनुसार आगो निभाउने साधन समयमा नआउँदा बढी क्षति भएको छ। आगलागीको क्षतिको विवरण आउन बाँकी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.