|

सुर्खेत : कर्णाली प्रदेश सरकारले नागरीकका खरका छाना फेरेर टिनका छाना बनाइदिने भएको छ। 

कर्णाली प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक बर्ष २०७६/०७७ को बजेटमा कर्णालीमा रहेका जनताका खरका छानालाई टिनका छानामा परिणत गर्ने भएको हो।
कर्णाली प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले बजेट बारे पत्रकारहरुसँग अन्तरकृया गर्दै कर्णालीमा अहिले पनि तीन लाख नागरीकका घरका छाना खरका भएकोले आगलागीको उच्च जोखिममा रहेको बताए। ‘कर्णालीमा तीन लाख छाना खरका छन्,’ ज्वालाले भने ‘ खरका छाना भएका ती सबै घरलाई क्रमश टिनको छानामा परिणत गरिन्छ।’

एकै वर्षमा सबै खरका छानालाई टिनका छानामा रुपान्तरण गर्न नसकिए पनि क्रमश गर्दै जाने मन्त्री ज्वालाको भनाइ छ। उनले भने, ‘यो वर्ष प्रदेश भरिका एक जिल्लाको कुनै एक स्थानीय तहको कुनै वडामा तयस्ता खरका छाना बदल्ने तयारीमा सरकार छ।’ 

एक वर्षमा कम्तीमा एक हजार घरको छानामा टिनका लगाउने योजना प्रदेश सरकारको रहेको मन्त्री ज्वालाले बताए। यसका साथै प्रदेश सरकारले एक जिल्ला एक नमुना बस्ती बनाउने योजनामा  सरकार रहेको बताए। छरिएर रहेका तथा प्राकृतिक जोखीममा रहेका तथा विपतमा परेका बस्तीलाई उचित ठाँउमा एकिकृत बस्तीमा बदल्ने प्रदेश सरकारको योजना रहेको छ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट एक जिल्ला एक एकीकृत नमूना बस्ती विकास कार्यक्रम र सुरक्षित आवास कार्यक्रम अन्तर्गत ‘खरका छाना बिस्थापन, टिनका छाना स्थापन ’कार्यक्रम अन्र्तगत खरका छानालाई टिनका छाना बनाइने भएको हो। जसका लागि मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट २५ करोड पचास लाख बजेट विनियोजन गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.