|

दाङ : दाङको घोराही उपमहानगरपालिका–१  सिरुखर्क  र तल्लो मालेगाउँका अग्निपीडितलाई स्थानीय अगुवाहरुले २ लाख बढी नगद रकम हस्तान्तरण गरेका छन्। 

अग्निपीडितहरु बसोबास गर्दै आइरहेको सिरुखर्क गाँउमा एक कार्यक्रम गरी अग्निपीडित ९ परिवारलाई प्रति परिवार २३ हजार ६० रुपैयाका दरले २ लाख ७ हजार ५ सय ४० रुपैया प्रदान गरिएको नेपाली काग्रे्रस दाङ क्षेत्र नं २ का सचिव चुडामणि आचार्यले बताए। 

बैशाख अन्तिम हप्ता वनमा लागेको डढेलो बस्तिमा सल्किदा सिरुखर्कका ५ र तल्लो मालेगाउँका ४  गरी ९ परिवारका घरगोठ जलेर नष्ट भएको थियो। उनीहरुलाई हाम्रो सानो सहयोगवाट केही राहत पुगोस् भन्ने उदेश्यले  सहयोग प्रदान गरिएको आचार्यले बताए।

अग्निपीडितलाई स्थानीय सुग्रीव वलीले १ लाख, नेपाली काग्रेसका नेता कमलकिशोर घिमिरेले १० हजार, इन्द्रबहादुर गिरीले ५  हजार, बिमल ज्ञवालीले ५ हजार, भरतकुमार पोख्रेलले ५ हजार ५ सय, साना किसान कृषि सहकारी संस्था रामपुरबाट २० हजार, सहकारीका सञ्चालकहरुबाट ३ हजार गरी उक्त हस्तान्तरण गरिएको हो।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.