|

हेटौँडा : मकवानपुरको भीमफेदी गाउँपालिका–४ की १५ वर्षीया एक किशोरीलाई बलात्कार गर्न खोज्ने सोही वडाका एक व्यक्तिलाई प्रहरीले बुधबार पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । 

पीडित परिवारका अनुसार स्थानीय ३२ वर्षीय नवीन स्याङतानले सोमबार राति करिब ११ बजेतिर मादक पदार्थ सेवन गरी जबर्जस्ती बलात्कारको प्रयास गरेका हुन्।

घरमा सबै सुतिरहेको अवस्थामा स्याङतान त्यहाँ पुगेका थिए। उनले जबर्जस्ती गर्न खोजेपछि  किशोरीले हल्ला गरेकी थिइन्। 

स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेपछि आरोपित स्याङतालाई पक्राउ गरिएको हो । पक्राउ परेका स्याङतानलाई भीमफेदी प्रहरी चौकीबाट जिल्ला प्रहरी कार्यालय हेटौँडामा कारबाहीका लागि पठाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.