|

इरानी रिभोल्युसनरी गार्डले अमेरिकी जासुसी विमान खसालेको दावी गरेको छ। त्यहाँको सरकारी समाचारमाध्यमले दक्षिण इरानको होर्मोज्गान प्रान्तस्थित खुमोबाराक नजिकै उँडिरहेको आरक्यू–४ ग्लोबल हक नामक मानवरहित जासुसी विमानलाई बिहीबार विहान इरानी आर्मीले निशाना बनाएको जनाएको छ।

अमेरिकाले घटनाको पुष्टि पनि गरेको छैन, अस्विकार पनि गरेको छैन। घटनाबारे सिधै टिप्पणी नगरे पनि अमेरिकी सेनाका प्रवक्ताले इरानको आकासमा ड्रोन उँडाउने नीति नभएको बताए।

अमेरिकाले इरानलाई लक्षित गरी मध्यपूर्वमा एक हजार सेना थप्ने घोषणा गरेको भोलिपल्ट घटना भएको हो। अमेरिकाले ओमनको खाडीमा तेल बोकेर आवतजावत गरिरहेका ट्याङ्करलाई इरानले तारो बनाएको आरोप लगाउँदै आएको छ। घटना भएको क्षेत्र इरानको सबैभन्दा ठूलो तेल आपूर्ति केन्द्रको नजिकै पर्दछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.