समाज

ओखलढुंगा रुम्जाटारमा जिप दुर्घटना
SHARES

असार ५, २०७६

    ओखलढुंगा : ओखलढुंगाको रुम्जाटारमा जिप दुर्घटना भएको छ। दुर्घटनाबाट जिपमा सवार ५ यात्रु घाइते भएका छन्। रुम्जाटारबाट सदरमुकाम आउँदैको को२ह ४९०० नम्बरको जिप सिद्धिचरण नगरपालिका-११ बरडाँडामा दुर्घटना  भएको हो।

    दुर्घटनाबाट घाइते हुनेहरूमा सिनपा-९ ज्यामिरेका खड्गनारायण श्रेष्ठ, सुनकोशी गाउँपालिकाका भरत राई, खिजीदेम्वा गाउँपालिकाका फुरी शेर्पा, चालक सिद्धिचरण नगरपालिका-५ का सानुराम दाहाल घाइते भएको  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए।

    घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ भने दुईजना सामान्य घाइते छन्। घाईतेहरु  जिल्ला सदरमुकाम ओखलढुंगामा बिहीबार देखी संचालन भएको राष्ट्रपती रनिङ शिल्डमा प्रतियोगीतामा भागलिन आएका बिद्यार्थीहरु रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

    जिप सडकबाट अनियन्त्रित भई १०० मिटर तल खसेको थियो। घाइते सबैको उद्दार ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। घटना र घाइतेबारे थप जानकारी आउन बाँकी रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]