|

काठमाडौं : सत्तारुढ दल समाजवादी पार्टी नेपालका प्रमुख सचेतक उमाशंकर अगरियाले नेपाली सेनका विभिन्न जातीय रेजिमेन्ट बनाउन माग गरेका छन् । 

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सहभागी भएर बोल्दै प्रमुख सचेतक अगरियाले यस्तो माग गरेका हुन्।

नेपाली सेनाको संरचना पञ्चायती शैलीकै रहेको बताउँदै अगरियाले रेजिमेन्ट स्थापना गरेर पुनर्संरचना गर्न माग गरे। 

‘नेपाली सेनाको संरचना पञ्चायती तरिकाको भयो। हामी नेपाली हौँ भने हामीले नेपाली सेनालाई आफ्नो ठान्न सकेनौँ’, उनले भने, ‘अब मधेसी रेजिमेन्ट, थारु रेजिमेन्ट र नेवारी रेजिमेन्ट बनाउनुपर्छ।’

सेना र माओवादीको लडाइँमा दुवैको हारजित नभएको बताउँदै उनले सम्झौताका आधारमा जनयुद्ध सकिएको स्मरण गराए । 

‘अब देशलाई मजबुत बनाउनका लागि मधेसी रेजिमेन्ट, थारु रेजिमेन्ट र नेवार रेजिमेन्ट बनाउनुपर्छ’, उनले अगाडि थपे, ‘हामीले पनि सेनामाथि अपनत्व महसुस गर्नुपर्यो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.