|

हेटौंडा : नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य 'किरण' ले लोकतन्त्रको बारेमा प्रश्न गरेका छन्। 

शुक्रबारदेखि हेटौंडामा हुने नेकपा क्रान्तिकारी माओवादी निकट युवा संगठन क्रान्तिकारी युवा लिगको राष्ट्रिय भेलामा सहभागी हुन आइपुगेको महासचिव किरणले सरकारले लोकतन्त्रमाथि हमला गरेको आरोप लगाए।

मिडिया काउन्सिल विधेयक देखि गुठि विधेयक सम्मको कुरा निकाल्दै किरणले आफ्नै पार्टी संग समेत छलफल नगर्ने सरकारको कस्ताले लोकतन्त्र ? भनेर प्रश्न गरेका हुन्। उनले सरकार फाँसीवादतर्फ गएको बताए।

संघीयताको विषयमा बोल्दै किरणले प्रदेश सरकारहरुलाई केन्द्र सरकारले अख्तियार प्रत्यायोजन नगरेको बताए। सरकारसँग आक्रोश व्यक्त गर्दै किरणले जनयुद्धमा लडेका युवाको सरकारले उपेक्षा गरेको बताए। उनले शान्ति प्रक्रिया अझै पुरा नभएको भन्दै एउटा अझै अर्को जनविद्रोहको आवश्यकता रहेको बताए। 

सच्चा कम्युनिष्टसँग एकता हुन सक्ने भएता पनि  विप्लसँग एकता भने टाढिएको बताए। विप्लव निकट नेकपाले अपनाएको बाटोमा नेकपा क्रान्तिकारी माओवादी नहिड्ने बताएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.