|

चितवन : चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा एक युवाको मृत्यु भएपछि तनाव भएको छ। विरामिका आफन्तले अस्पतालमा कार्यरत कर्मचारीको लापारवाहीले मृत्यु भएको आरोप लगाएका छन। 

बुटवल उपमहानगरपालिका १५ सिमलार मैनापुरका भोजबहादुर पाण्डे र देउमाया पाण्डेका १७ वर्षीय छोरा लेखराज पाण्डेको उपचारका क्रममा बिहीबार साँझ मृत्यु भएको हो। लेखराख गएको जेठ ९ गत्ते मोटरसाइकल दुर्घट्नामा परी घाइते भएका थिए। त्यसपछि जेठ १० गत्ते पुरानो मेडिकल कलेजमा उपचारका लागि ल्याएका थिए। 

मृतकका बुबा भोज बहादुरका अनुसार लेखराजको टाउकोमा रगत जमेकाले अप्रेसन गरीएको र सो क्रममा थोरै हड्डी समेत निकालिएको थियो। उनले भने, ‘१० दिनको उपचारपछि छोरो धेरै ठिक भइसकेको, सवैसँग बोल्ने अवस्थामा पुग्यो र गत जेठ २५ गत्ते अपरान्ह ४ बजे ह्विलचियरबाट लडेका थिए। त्यसपछि छोरोको अवस्था विग्रदै गएको थियो।’ 

विरामीको हेरचाहमा खटिएका कर्मचारीले लापरवाही गर्दा छोराको मृत्यु भएकाले दोषीलाई छानविन गरी कारवाही गर्नुपर्ने आफन्तको माग छ। उनीहरूले छानविन गर्नुपर्ने, आफू ह्विलचियरबाट लडेको भनेर मृत्यु हुनुभन्दा अघि नै भनेकाले सो समयको सिसी क्यामेरा फुटेज हेर्नु पर्ने माग गरेका छन्। उनीहरूले शव जिम्मा लिन मानेका छैनन्। 

उता मेडिकल प्रसासनले भने घट्ना थप अनुसन्धन भइरहेको जनाइएको छ। मेडिकलका अतिरिक्त निर्देशक डा मनोहर प्रधानले थप अनुसन्धान भइरहेकाले अहिले नै बोल्ने अवस्था नरहेको बताएका छन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.