पक्रेपछि टाउको र हातमा गोली हानेर हत्या गरेको दाबी

|

काठमाडौँ : सर्लाही जिल्ला इन्चार्ज तथा जनकपुर ब्युरो सदस्य कुमार पौडेल प्रहरीको गोलीबाट मारिएपछि नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलेले बदला लिने चेतावनी दिएको छ । 

प्रहरीले नियन्त्रणमा लिइसकेपछि हात र टाउकोमा गोली प्रहार गरी हत्या गरेको दाबी पनि विप्लवले गरेको छ। पार्टीका जनकपुर ब्युरो इन्चार्ज अरुणले बिहीबार साँझ विज्ञप्ति निकालेर पौडेललाई सहिद घोषणा गरेका छन् ।

अरूणले निकालेको विज्ञप्तिमा सर्लाहीको लालबन्दी नगरपालिका-१ लखन्ती खोलामा साथीहरू कुरिरहेको अवस्थामा कुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेको दाबी गरिएको छ।

'केपी-पीके सामाजिक दलाल सरकारले हाम्रो पार्टीका सर्लाही जिल्ला इन्चार्ज तथा जनकपुर ब्युरो सदस्य कमरेड कुमार पौडेललाई बिहीबार दिउँसो करिब सवा १ बजे सर्लाहीको लालबन्दी-१ लखन्ती खोलामा साथीहरू कुरिरहेको अवस्थामा नियन्त्रणमा लिएर चिनिसकेपछि एक गोली हातमा र अर्को गोली टाउकोमा प्रहार गरी कायरतापूर्वक हत्या गरेको छ', विज्ञप्तिमा भनिएको छ, 'बागमती नगरपालिका-२ धरहरा घर भएका कमरेड कुमारलाई सहिद घोषणा गर्दछ । यो गैरन्यायिक हत्याको पार्टी  विरोध र भर्त्सना गर्दछ । सरकारको राज्यआतङ्क र हत्याको बदला एकीकृत जनक्रान्तिकै माध्यमबाट लिने प्रतिबद्धता पार्टी व्यक्त गर्दछ ।’

विज्ञप्ति

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.