९ नेपाली र ६ चिनियाँ थुनिएको जानकारी

|

रसुवा :  रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ निर्माणस्थलमा पहिरो जाँदा १५ मजदुर सुरुङ भित्रै थुनिएका छन् । 

बिहीबार साँझ साढे ८ बजे गएको पहिरो सुरुङ निर्माणस्थलमा खस्दा १ सय मिटर भित्र १५ जना मजदुर थुनिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए । 

पहिरोले मानवीय क्षति भएको छैन। एकजना मजदुर सामान्य घाइते भएको उनले बताएका छन् । थुनिनेमध्ये ९ जना नेपाली र ६ जना चिनियाँ मजदुर छन् । 

पहिरोका कारण मजदुर बाहिर आउन नसक्ने अवस्था रहेका कारण उद्दारको प्रयास भइरहेको बताइएको छ । पहिरो गएलगत्तै उद्दारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खोज तथा उद्दारमा खटिसकेको भण्डारीले बताए। थुनिएका मजदुरसँग वाकिटकीमार्फत कुराकानी भइरहेको बताउँदै उनीहरु सुरक्षित रहेको भण्डारीले उल्लेख गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.