|

उदयपुर : उदयपुर गोल्डकपको फाइनलमा गोर्खा ब्वाइज रुपन्देही र सशस्त्र प्रहरीको एपीएफ भिड्ने भएका छन्। 

 बिहिबार भएको दोस्रो सेमिफाईनलमा गोर्खा ब्वाइज रुपन्देहीले आयोजक उदयपुर–११ लाई ४–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै एपीएफसँगको भेट पक्का गरेको हो।  

वर्षा पछि हिलाम्मे भएको खेलमा रुपन्देही खेल अवधीभर हाबी बन्यो। सुरुको  २ मिनेटमा सुशिलकुमार यादवको गोलबाट अग्रता लिएको रुपन्देहीले पहिलो हाफमा तीन शुन्यको अग्रता लियो।  १८ औं मिनेटमा र २२  औ मिनेटमा क्रमश डेनिल र  फोपानाले गोल गरे।

दोस्रो हाफको ७८ औं मिनेटमा उदयपुरका सुनिल खड्का एक गोल फर्काए पनि पर्याप्त भएन। त्यसपछि रुपन्देहीले खेलको ८२ औं मिनेटमा अर्को गोल गर्दै अग्रतालाई फराकिलो बनायो। 

फाइनल खेल शनिबार हुने छ।  प्रतियोगिताको बिजेताले ५ लाख र उप विजेताले ३ लाख प्राप्त गर्नेछन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५० हजार बराबरको उपहार प्राप्त गर्ने आयोजकले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.