|

काठमाडौं  : आज विश्व योग दिवस। संयुक्त राष्ट्रसंघले २०१६ मा  हरेक वर्ष जुन २१ मा विश्व योग दिवस मनाउने घोषणा गरेको थियो। नेपालमा पनि योग तथा आध्यात्मको माध्यमबाट पर्यटन प्रवद्धन गर्ने उद्देश्यले  ‘विश्व योग दिवस’ मनाइदै छ। 

विश्व योग दिवसका अवसरका काठमाडौंको रत्नपार्कबाट राष्ट्रिय सभा गृहसम्म र्‍यालीको आयोजना गरियो। उक्त अवसरका शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल, नेपालका लागि भारतीय राजदूत मञ्जिबसिंह पुरीलगायत सर्वसाधारणको उल्लेख्य उपस्थिती रहेको थियो। 

योगको अर्थ जोड्नु हो । योग एक विशेष क्रिया हो, योगक्रियाले मानिसको चेतना र शरीरबीचको सम्बन्धलाई जोड्ने काम गर्दछ । मन र मस्तिष्कको सम्बन्धलाई योग भनिने र योगबाट मानसिक शान्तिका साथै रोग प्रतिरोध क्षमताको समेत वृद्धि हुने विश्वास गरिएको छ।

योगलाई ध्यानको आधार मानिन्छ, शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, ज्ञान, त्याग, वैराग्यता जस्ता योगका अनेकौं आयाम छन्। हजारौं वर्ष पहिले पतञ्जली नामका ऋषिले शुरु गरेको योगमा १९५ वटा योगसूत्र समाहित छन्। योगसूत्रको श्रेय भने आदियोगी भगवान् शिवलाई नै दिइन्छ। 

शिवबाट शुरुवात भएका योगविधाहरु क्रमशः सप्तऋृषिहरुमार्फत् पुस्तौं पुस्ता यात्रा गरेर हामीमाझ आइपुगेको विश्वास गरिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.