|

सुनसरी :  इटहरीमा जारी रात्रिकालिन क्रिकेट प्रतियोगिता अन्तर्गत बिहिबार राति सम्पन्न खेलमा विभागीय टिम नेपाल पुलिस क्लब विजयी भएको छ।

पुलिसले आयोजक एरीना च्यालेन्जर्सलाइ ८८ रनले पराजित गरेको छ। टस जितेर पहिला ब्याटिङ गरेको पुलिस क्लबले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै २ सय ११ रनको विशाल योगफल खडा गरेको थियो। पुलिसका लागि अनिल कुमार साहले ६० बल मा ९५ रनको उत्कृष्ट पाली खेले।  दिलिप नाथले २९ बलको सामना गदै ४१ रन बनाए। बलिङतर्फ एरिना च्यालेन्जर्सका मनिष दाहाल, भुपाल लुइटेल, जोसेफ खड्का र अनिस लुइटेलले १–१ विकेट लिए। 

२ सय १२ रनको विजयी लक्ष्य पछ्याएको एरिना च्यालेञ्जर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १२३ रनमा सिमित भयो। एरिना च्यालेञ्जर्सका मनिष दाहालले ७ छक्काको मदतमा ५१ रन बनाए पनि अन्यले ब्यास्टम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। 

पुलिसका लागि सुनिल धमला र नवीन थापाले २–२ विकेट लिए। खेलको म्यान अफ द म्याच पुलिसका अनिलकुमार साह भए। प्रतियोगिता अन्तर्गत आज सशस्त्र प्रहरीको एपिएफ र आयोजक एरिना च्यालेन्जर्स भिड्ने छन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.