|

सिरहा : कुटपिटबाट घाइते भएकी लहान नगरपालिका–९ गोठ टोलकी एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५३ वर्षीया तेतरीदेवी महतो रहेकी छन्।

सिसौको रूख काटेको विवादमा वडा नम्बर १५ का आशाराम महतो र उनका भाइ सुमेश्वर महतोले कुटपिट गर्दा घाइते भएकी थिइन्। लहान अस्पतालमा उपचारपछि घर फर्काइएकी उनको शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। 

तेतरीदेवीको मृत्यु भएपछि कुटपिटमा संलग्न दुई जना फरार छन्। उक्त घटनाका विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.