|
स्केच– नयाँ पत्रिका

काठमाडौं : सातै प्रदेशका प्रमुख र मुख्यमन्त्रीको स्थायी बसाइ सम्बन्धित प्रदेश नै हो । कामविशेषले वेलावेलामा संघीय राजधानी आउने उनीहरूले अब काठमाडौंमा पनि स्थायी सरकारी आवास पाउने भएका छन् । 

नयाँ पत्रिका दैनिकमा समाचार छ, गत १७ मंसिरमा मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, मन्त्री, प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास निर्माण गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार सहरी विकास तथा भवन निर्माण विभागले प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास निर्माणको तयारी गरेको हो ।

सहरी विकास तथा भवन निर्माण विभागले सबैलाई एक–एक भवन दिने गरी सवा अर्ब लागतमा १४ वटा भवन निर्माण गर्न लागेको छ। ललितपुरको सैंबु आवास क्षेत्रमा तीन वर्षभित्र प्रदेशका भीआईपीहरूका लागि कोलोनी नै तयार हुने विभागले जनाएको छ । 

सात प्रदेशलाई सातै ब्लक, १४ भवन 

सात प्रदेशका प्रमुख र मुख्यमन्त्रीका लागि सातवटा ब्लक बनाइनेछ । प्रत्येक ब्लकमा दुईवटा भवन हुने सहरी विकास तथा भवन विभागका विशेष भवन निर्माण संयोजक प्रक्रिर्ण तुलाधरले बताए ।

पूजाकोठादेखि योग कक्षसम्म

प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि बन्ने सबै भवन साढे दुई तलाका हुनेछन्। विभागका भवन निर्माण संयोजक प्रक्रिर्ण तुलाधरका अनुसार भुइँतलामा प्रतीक्षा कक्ष, सचिवालय, मुख्यमन्त्री तथा प्रदेश प्रमुखको कार्यालय, गोप्य कोठा र २५ जना क्षमताको बैठक हल हुनेछ । त्यस्तै, पहिलो तलामा बैठक कक्ष, योगकोठा, मुख्यमन्त्री वा प्रदेश प्रमुखको सुत्ने कोठासहित तीन कोठा  र दोस्रो तलामा भान्साकोठा, पाहुना कोठा, परिवारका सदस्य सुत्ने कोठा र पूजाकोठा हुनेछन् । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.