|

अर्घाखाँची : दुवै मिर्गौलाकाम नलाग्ने भएका अर्घाखाँची शीतगंगा नगरपालिका–२ सीतापुर झिर्राका दुर्गाबहादुर भाटक्षेत्रीको  उपचारमा समस्या भएको छ।

२०७० साल देखि दुवै मिर्गौलाले काम गर्न छोडेपछि उनी विभिन्न अस्पतालमा पुगे। उपचारका क्रममा सम्पत्ति सकिएपछि यतिबेला उनलाई थप उपचारका लागि रकमको अभाव भएको हो। 

श्रीमानको उपचारमा सबै सम्पत्ति सकिइसकेकाले अब थप उपचार  गर्न सक्ने  अवस्था नभएको उनको श्रीमती टोपकलीले बताइन्। उनका अनुसार चिकित्सकले दुवै मिर्गौला प्रत्यारोपणका लागि करिब ४० लाख रुपैयाँ जम्मा गर्न भनेका छन्।

नगरपालिका र वडाको आर्थिक सहयोगका लागि सिफारिस पत्र लिएर हिँडे पनि  सहयोग जुट्न नसकेको उनको गुनासो छ। उनले पतिको उपचारका लागि सहयोग गर्न सबैसँग आग्रह गरेकी छिन्।

टोपकलाको रहेको साइन रेसुंगा डेभलपमेन्ट बैंकको खाता नं. ०७००७००२०६५९८०००००१ मा रकम जम्मा गर्न सकिने बताइएको छ। यस्तै ९८४७५७५४२५ वा ९८०७४८५८८१ मा टेलिफोन गरेर पनि सहयोग गर्न सकिने उनले जानकारी दिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.