|

उदयपुरः करदाता सेवा कार्यालयले गाईघाटले चालु आर्थिक वर्ष ०७५/७६ को ११ महिनामा ३२ करोड राजस्वा संकलन गरेको छ। गतबर्षको तुलनामा राजस्व असुलीमा उल्लेख्य प्रगति हासिल चालु आवको साउनदेखि जेठसम्म ३२ करोड उठाएको हो।

करदाता सेवा कार्यालयका प्रमुख सुमन बुढाथोकीका अनुसार गत आर्थिक वर्ष ०७४/७५ मा ३० करोड ६३ लाख ८३ हजार कर संकलन गरेको थियो। तर, चालु आर्थिक वर्षको जेठ महिनासम्म ३२ करोड ४६ लाख ८६ हजार राजस्व असुली गरेको उनले बताए।

सबै भन्दा बढि आयकर वापत १६ करोड ३३ लाख असुल गर्न सफल भएको छ। ‘हामीले गत आर्थिक वर्षमा १६ करोड आय कर संकलन गरेका थियौ।,’ उनले भने, ‘गत बर्ष असुली गरेको रकम एक महिना अगावै उठाउन सफल भएको छौ, मूल्य अभिबृद्धिकर असुलीमा भने गत बर्षको भन्दा चार करोड भन्दा बढि राजस्व उठाएका छौ।’

सेवा कार्यालयले गत आवमा आठ करोड ६४ लाख मूल्य अभिबृद्धि कर संकलन गरेकोमा जेठ महिना सम्म मात्रै १२ करोड ५३ लाख मूअकर संकलन गरेको छ।
जेठ महिनासम्ममा वाहाल करबाट ७१ लाख ८ हजार, व्यजवापत २२ लाख ७४ हजार, अन्त शुल्कबाफत २ करोड ७६ लाख, स्वास्थ्य सेवा शुल्क बापत २ लाख ७० हजार र शिक्षा सेवा शुल्क बापत १६ लाख ५३ हजार राजस्व संकलन गरेको छ। 

वैशाख महिनामा मात्र सरुवा भइ आएका कर अधिकृत बुढाथोकीले कर शिक्षा कार्यक्रमहरु अघि बढाएपछि करको दायमा आउने करदाताको संख्यामा समेत बृद्धि भएको छ। जसमा आर्थिक वर्ष ०७५/०७६ को चैत्रसम्ममा २ हजार ६ सयबाट बढेर तीन हजार २ सय ८५ पुगेको छ।

‘कर शिक्षा कार्यक्रम प्रभावकारी भएका करदाताको संख्या बढेको छ,’ उनले भने, ‘जिल्लाको चार नगरपालिका चारै वटा गाँउपालिकामो कर शिक्षा कार्यक्रम सञ्चालन गरिएको थियो।’

कर सेवा कार्यालयका अनुसार कटारीको घुर्मी बजार, रौतामाई गाँउपालिकाको मुकुर्ची, रौता बजार, त्रियुगा नगरपालिकाको साउने, गाईघाट, बेलका नगरपालिकाको राम्पुर, चौदण्डीगढी नगरपालिकाको बेल्टार लगायतका बजार कर शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.