|

इलाम : इलामको सन्दकपुर गाउँपालिकाको डकुमेन्ट्री ‘टुरिज्म डेस्टिनेसन भिडियो च्यालेन्ज अवार्ड’ को ३ वटा विधामा मनोनयमा परेको छ। सातै प्रदेशका १३२ भिडियोमध्ये सन्दकपुर गाउँपालिकाको वृतचित्र पव्लिक च्वाइस अवार्ड, वेस्ट स्क्रिप्ट राइटर र मस्ट पोटेन्सियल डेस्टिनेशनका लागि छनोट भएको हो।

इलामका पत्रकार सुजन तिमसिनाको निर्देशनमा नमीन ढकाल, प्रेम अधिकारी, निराजन खनाल, सन्दीप प्रधान लगायतको टिमले सन्दकपुर गाउँपालिकाको लागि वृतचित्र बनाएका थिए।

नेपाल भ्रमण वर्ष २०२०’ लाई लक्षित गरी वि विल राइज फाउन्डेसनले गत जनवरीदेखि सुरु गरेको यस अभियानमा देशभरका प्रचुर पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेका पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण हुनसक्ने हाम्रा गाउँठाउँका प्राकृतिक, सांस्कृतिक सम्पदा, कला संस्कृति भेषभूषा, जातजातिको पहिचान,

खानपान, कला लगायतका विषयवस्तुमा केन्द्रित रही भिडियो डकुमेन्ट्री निर्माणका लागि आह्वान गरिएको थियो। इलामका बिजय राई मोस्ट इनर्जेटिक भिडियो मेकर अवार्डको मनोनयनमा परेका छन्।

उनी सेतीदेवी डकुमेन्ट्रीबाट मनोनयमा परेका हुन। इलाम जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित सन्दकपुर गाउँपलिका जिल्लाकै सवैभन्दा रमणीय स्थानीय तह हो। साबिकका माईमझुवा, सुलुबुङ्ग, माबु, जमुना गाविस र माइपोखरी गाविसको ४ देखि ९ सम्मका वडा मिलाएर गाउँपालिका बनाइएको छ। ४२ वडाहरुको जनसंख्या र भूगोललाई आधार बनाएर पाँचवटा वडामा विभाजन गरिएको छ। कूल १७०६ वर्ग कि।मी क्षेत्रफल मध्ये १५६.०१ वर्ग किमि यस गाउँपालिकाले ओगटेको छ।

देशको कूल ७४४ स्थानीय तह मध्ये सन्दकपुर गाउँपालिका जनसंख्याको हिसाबले १३६ औ सानो स्थानीय तह हो भने क्षेत्रफलको आधारमा ४७१ औ सानो स्थानीय तह हो। स्थानिय निर्वाचन सम्पन्न भएको १ बर्षको अवधीमा गाउँपालिकाको भवन र सवै वडा कार्यालय निर्माण गरिसकिएको अध्यक्ष उदयबहादुर राईले बताए।

कृषि तथा पशुपालन, बैदेशिक रोजगार तथा जडिबुटीको संकलन यहाँका मानिसहरुको प्रमुख ब्यबसाय हो। जिल्लाको सबैभन्द अग्लो स्थान सन्दकपुरको नामबाट गाउँपालिकालाई नामाकरण गरिएको हो। जहाँबाट नेपाल–भारतको मात्र होइनभुटानको हिमालका १८० डिग्रीको सोझो सतहमा ६० बढी हिमचुचुरा एउटै स्थानबाट देख्न सकिन्छ।

सदरमुकामबाट ४५ किमी उत्तरका सन्दकपुर डाडाबाट सर्वोच्च शिखर सगरमाथादेखि तेस्रो अग्लो कञ्चनजंघा मात्र होइन सिक्किमको पाण्डिम र भुटानको कुलाकाङ्ग्री हिमालसमेत पूर्वी हिमशृंखलामा पर्ने साढे ६ हजार मिटर उचाइमाथिका अरू ५ दर्जन हिमचुचुरा पनि मज्जाले देखिन्छन्।

हिमचुचुरा मात्र होइन सन्दकपुरबाट देखिने सूर्योदय र सूर्यास्तको दृश्यले पनि पर्यटकहरुलाई आर्कषित गर्ने गरेको छ। भारतिय पर्यटकहरुको ट्रेकिङको लागी सिम्लापछिको उत्कृष्ट गन्तव्य सन्दकपुर रहेको टुर गाइडहरु बताउँछन्। तेस्रो देशका पर्यटकहरु क्याम्फायर गर्दै सन्दकपुर– नेपाल–भारत सिमाना फालौट–पाँचथरको तिम्वुङपोखरी हुँदै कञ्चजंघा आधारशिविरसम्म पैदल यात्रा गर्ने गर्दछन्।

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.