नेकपाका कारण देश अप्ठेरोमा परेको गुनासो

|

पोखरा : नेपाली कांग्रेसका नेता तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापाले डा. बाबुराम भट्टराईलाई संघीय संसदको निर्वाचन जिताएकोमा पश्चताप मान्दै आगामी निर्वाचनमा क्षमापूजा गरिने बताएका छन्। 

‘गत निर्वाचनमा बाबुरामलाई जिताइयो। काग्रेसीहरुको भोटले चुनाव जितेर कांग्रेसलाई नै तथानाम गाली गर्न थाले’, शनिबारबाट सुरु भएको पालुङ्टार नगरपालिकाको प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्दै नेता थापाले भने, कांग्रेसलाई संग्राहलयमा राख्नुपर्छ भन्ने? आउने चुनावमा हिसाबकिताब गरिन्छ, त्यहीबेला क्षमापूजा पनि हुन्छ।’

पालुङटार बाबुराम भट्टराईको गृहनगर पनि हो। ‘युद्धको बेलामा कांग्रेसकै कार्यकर्ताका हत्या गरे, बाँकी भएका कांग्रेसीको भोटले चुनाव जितेर कांग्रेसलाई नै तथानाम गाली गर्ने?’, गगनले प्रश्न गरे। 

बाबुरामले केही समय अघि समाजवादी फोरमसँग पार्टी एकता गरेपछि पोखरामा भएको सभामा कांग्रेसलाई संग्राहलयमा आराम गर्न पठाउनुपर्ने बताएका थिए।

२०७४ को निर्वाचनमा तत्कालीन नयाँ शक्ति नेपालबाट कांग्रेसको समर्थनमा डा. भट्टराई उमेद्वार भएर चुनाव जितेका थिए। उनले माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई हराएका थिए।  

त्यस्तै नेता थापाले वर्तमान सरकारको नेतृत्व गरिरहेको नेकपालाई नीति र विचारविहिनको पार्टी भएको आरोप लगाए।। उनले देशको स्थिती बिग्रनुको जिम्मा नेकपाले लिनुपर्ने पनि बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.