|

कञ्चनपुर : महेन्द्रनगरमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताअन्तर्गतको चौथो दिन शनिबार भएका दुई खेलमा प्रदेश १ र प्रदेश २ विजयी भएका छन। प्रतियोगिताको पहिलो खेलमा कर्णालीलाई १० विकेटले पराजित गर्दै प्रदेश १ ले लगातार दोस्रो जित हात पारेको हो। 

टस जितेर व्याटिङ गरेको कर्णालीले ४.२ ओभरमा २३ रनको जोडेको थियो। वर्षाको कारण अवरुद्ध बनेको खेललाई पाँच ओभरमा छोड्याएको थियो। कर्णालीका लागि मधु जिसीले १०, मञ्जु चौधरीले ६ र रबिना चौधरीले नट आउट दुई रनको योगदान गरिन्।  प्रदेश १ का लागि सनम राईले एक विकेट लिइन्। 

वर्षाको कारण केही समय अवरुद्ध बनेको खेलको डिएल म्याथडका आधारमा २६ रनको लक्ष्य पाएको प्रदेश १ ले जवाफी व्याटीङ गर्दै २.१ ओभरमा लक्ष्य भेट्टायो। उसका लागि काजल शर्माले नट आउट रहँदैँ चार बलमा ११ रन बनाइन्। भने रबिना क्षेत्रीले पाँच बलमा १२ रनको योगदान गरिन्। 

प्रदेश २ छ रनले विजयी

शनिबार भएको अर्को खेलमा प्रदेश नम्बर २ विजयी भएको छ।  प्रदेश २ ले प्रदेश ३ लाई छ रनले पराजित गर्‍यो। टस जितेर व्याटीङ रोजेको प्रदेश २ ले २० ओभर खेल्दैँ  १०६ रन बनायो। उसका लागि सोभा आलेले सर्वाधिक ४० रनको योगदान गरिन्। ४१ बलको सामना गरेकी आलेले छ चौका प्रहार गरिनन्। त्यस्तै सन्तोषाी चौधरीले नट आउट १५ रनको योगदान बाहेक अन्य खेलाडीले दोहोर अंक जोड्न सकेनन्।

 प्रदेश २ ले उक्त खेलमा ३१ अतिरिक्त पाएको हो। १०७ रनको विजयी लक्ष्य पाएर जवाफी व्याटिङ गरेको प्रदेश ३,१०० रनमै समेटियो। उसका लागि हेलीसा लामा २६, कञ्चन श्रेष्ठ २६, अस्किना कर्माचार्यले १५ रनको योगदान गरे पनि टिमलाई जिताउन भने प्रर्याप्त भएन। प्रदेश २ का लागि कसिलो बोलिङ गर्ने क्रममा कविता गौतमले दुई, सन्तोसी चौधरी, शान्ति चौधरी र रोजी कादरीले समान एक/एक विकेट लिए।

उक्त खेलको  प्लेयर अफ द म्याच प्रदेश २ की सोभा आले भइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.