|

एजेन्सी : आईसीसी विश्वकप क्रिकेटमा भारतले विजय अभियान जारी राखेको छ ।  शनिबार राति भएको खेलमा तुलानत्मकरूमा कमजोर अफगानिस्तानविरूद्ध भारतलले ११ रनको जित निकालेको हो । 

रोज बाउल मैदानमा भारतले अफगानिस्तानविरूद्ध भएको खेलमा ११ रनको जित निकाल्दै विजय अभियान जारी राखेको हो । यस खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले पुरै ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा २२४ रनको सामान्य स्कोर बनाएको थियो । 

जवाफमा अफगानिस्तानको टिम २११ रनमै सीमित भएको हो । यस खेलमा भारतीय बलरको निर्णायक भूमिका रह्यो। दमदार खेल प्रदर्शन गरेका मोहम्मद शमीले अन्तिम ओभरमा ह्याट्रिक गर्दै भारतको पक्षमा नतिजा निकाल्न निर्णायक भूमिका खेले।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.