|

जाजरकोट : डोल्पामा दुई हप्तादेखि टाइफाइड र ज्वरोको बिरामी दिनदिनै बढेका छन्। तर डोल्पा अस्पतालमा टाइफाइड जाँच गर्न आवश्यक किट (हुइडल पेस्ट रियाजेन्ट) छैन।

पाँच दिनदेखि किट अभाव हुँदा अस्पतालमा आएका बिरामीको उपचारमा चुनौती थपिएको डा.सिजन रावलले बताए। किट नहुँदा समस्या भएपछि अनुमानका आधारमा उपचार गर्न बाध्य भएको उनले जानकारी दिए। 

यातायात र हवाई यातायातको सहज पहुँच नभएको डोल्पामा औषधी आपूर्ति नहुँदा धेरै बिरामी मर्कामा पर्ने गरेका छन्। केहीले भने निजी औषधी पसलमा उपचार गरेको बताए। 

अस्पताल प्रशासनले औषधि अभावाबारे प्रदेश सरकारलाई जानकारी गराए पनि चासो नदेखाएको बताएको छ। डोल्पा अस्पताल हाल प्रदेशको मातहत छ।अस्पतालमा डिजिटल एक्सरे समेत नहुँदा पुरानो एक्सरेबाट काम हुँदै आएको छ। त्यस्तै अक्सिजन समेत नहुँदा दैनिक समस्या पर्ने गरेको। जिर्ण भवनमा उपचार गर्दा समस्या हुने गरेको छ।

अस्पतालमा पर्याप्त चिकित्सक समेत छैनन्। दुई चिकित्सकको दरबन्दी रहेको अस्पतालमा एक मात्र चिकित्सकले काम गरिरहेका छन्। एक जना करारमा कार्यरत छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.