|

रुकुम : राष्ट्रिय गौरवको आयोजनासमेत रहेको मध्यपहाडी लोकमार्गको धेरै भाग पर्ने जिल्लामा रुकुम पनि पर्छ। रुकुमपूर्व र रुकुम पश्चिममा रहेको १ सय २३ किलोमिटर लामो सडकलाई विभिन्न आठ खण्डमा विभाजन गरेर स्तरवृद्धिको काम पनि धमाधम भइरहेको छ। हाल रुकुम खण्डमा केही भाग कालोपत्रे भइसकेको छ भने केही हुने क्रममा छ। सडक स्तरवृद्धि भएपछि यात्राको दूरी पनि छोटिएको छ।

रुकुम पश्चिमको चौरजहारीदेखि रुकुमपूर्वको काँक्रीसम्म पहिले एक दिनभन्दा बढी समय लाग्ने गरेको भए पनि अहिले सवारीसाधनाम ५/६ घण्टामै यात्रा गर्न सकिन्छ। मध्यपहाडी लोकमार्गले यात्रालाई मात्र सहज बनाएको छैन गाउँगाउँमा बजारसमेत विस्तार गरेको छ।

रुकुम पश्चिमको चौरजहारी, सिम्ली, सेरीगाउँ, रुकुमकोट र काँक्रीलगायत सडक छेउछाउमा बजार विस्तार पनि ह्वात्तै बढेको छ। व्यापार व्यवसायहरू गर्न स्थानीय तथा बाहिरका व्यक्तिहरू सडक छेउछाउ र बजार केन्द्रहरूमा स्थायी तथा अस्थायी भवनहरू निर्माणसमेत गरिरहेका छन्।

जसले गर्दा स्थानीय तहमा उत्पादित सामग्री बाहिर लैजान र बाहिरको सामग्री किनमेल गरेर लिनसमेत स्थानीयलाई सहज भएको छ। संघीयतासँगै स्थानीय तहका सरकार आएपछि वडा तथा पालिकास्तरका कार्यालय परिसरहरुमा पनि होटल लगायतका अन्य व्यवसायहरु गर्ने पनि बढेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.