|

ब्राजिलले कोपा अमेरिका फुटबलमा समूहचरणको खेलमा पेरुलाई ५–० ले पराजित गरेको छ। योसँगै चिली र कोलम्बीयासँगै ब्राजिल पनि क्वार्टरफाइनल प्रवेश गरेको छ। टिमका लागि सबै पाँच गोल फरकफरक खेलाडीले सम्‍भव बनाए। जसमा तीन गोल पहिलो हाफमा हुँदा बाँकी दुई गोल दोस्रो हाफमा भयो।

जितपछि ब्राजिलका समर्थकले नेयमार नहुँदा टिमको लय राम्रो भएको टिप्पणी गरे। सामाजिक सञ्जालमा नेयमारको मजाक उडाउँदै धेरै समर्थकले लडेर टाइम पास गर्ने मान्छे नहुँदा बढी गोल भएको टिप्पणी गरे। खेलको १२औं मिनेटमा कासेमिरोले पहिलो गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए। लगत्तै १९औं मिनेटमा रोबर्ट फिर्मिन्होले गोल गर्दै अग्रता दोब्बर बनाए। ३२औं मिनेटमा एभर्टन स्वारेजले गरे। पहिलो हाफ ३–० को अन्तरमा टुंगियो।

दोस्रो हाफको ५३औं मिनेटमा ड्यानी आल्भेसले गोल गरे। खेलको ९०औं मिनेटमा विलियनले गोल गरेपछि ब्राजिलले पेरुमाथि ५–० को फराकिलो जित निकाल्यो। एकबराबरी र दुई खेल जितेको ब्राजिल समूह एको शीर्ष स्थानमा रहँदै क्वार्टरफाइनल प्रवेश गरेको हो।

२४ वर्षपछि समूहचरणमा गोल खाएन ब्राजिल

पाँच गोलको प्रभावशाली जित निकाल्दा ब्राजिलले कोपा अमेरिकामा समूहचरणमा १९९५ पछि कुनै पनि गोल खाएन। ब्राजिलको सानदार लय रहेको स्पर्धामा। उसको यो २४ वर्षयताकै उत्कृष्ट प्रदर्शन हो।

त्यस्तै, समूहको उपविजेता बन्दै भेनेजुएला पनि क्वार्टरफाइनलमा प्रवेश गर्‍यो। भेनेजुएलाले बोलिभियालाई ३–१ ले हराउँदै क्वार्टरफाइनल यात्रा तय गरेको हो। १ जित १ हार र १ बराबरीसहित ४ अंक जोडेको पेरुको उत्कृष्ट तेस्रो हुँदै क्वार्टरफाइन पुग्ने सम्‍भावना कायम छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.