|

उदयपुर : उदयपुरको कटारी नगरपालिका–४ मा सौताबीचको झगडा हत्यासम्म पुगेको छ। स्थानीय २३ वर्षीय प्रधान राईका दुई श्रीमतीको झगडामा जेठीले कान्छीको घाँटी रेटेर ज्यान लिएकी हुन्। 

इलाका प्रहरी कार्यालय कटारी इन्सपेक्टर ललन कुर्मीका अनुसार राईकी ३१ वर्षे जेठी श्रीमती सीता राईले २० वर्षे कान्छा श्रीमती लक्ष्मीको आइतवार दिउँसो हत्या गरेकी हुन।

इन्स्पेक्टर कुर्मीका अनुसार श्रीमानसँग छुट्टिएर बस्दै आएकी सीताले सौता लक्ष्मीलाई आफ्नै घरमा बोलाएर तरकारी काट्ने चक्कुले घाँटी रटेर हत्या गरेको बताए। 

‘हत्या भएको भन्ने जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय कटारीबाट पुगेको प्रहरी टोलीले हत्यामा प्रयोग गरिएको चक्कु घटनास्थलबाटै बरामद गरेको छ,’ उनले भने, ‘हत्यामा संलग्न आरोपित सीतालाईसमेत नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेका छौँ।’

प्रधानले ९ महिना अघिमात्रै जेठीमाथि सौता हालेका थिए। सौता भित्र्याएपछि उनले जेठीलाई एकसय मिटर पर घर बनाइ राखेका थिए। ‘जेठीले घरमै बोलाएर हत्या गरेको देखिन्छ,’ उनले भने, ‘श्रीमान टेम्पो चलाउन बजार गएको बेला घटना भएको पाइयो।’

सीतातर्फ एक छोरी र एक छोरा छन्। घटनापछि श्रीमानलाई पनि प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.