|

भद्रपुर, (झापा) : साथीहरूसँग मावा खोलामा पौडी खेल्न गएका एक युवकको डुबेर मृत्यु भएको छ। 

मृत्यु हुनेमा दमक नगरपालिका ४ बस्ने मनबहादुर माझीको २३ वर्षीय छोरा रामबहादुर माझी रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । 

प्रहरीका अनुसार घरदेखि पाँच सय मिटर टाढा रहेको मावा खोलामा माझीसहित ४—५ जना साथीहरू आइतबार दिउँसो पौडी खेल्न गएका थिए। पौडी खेल्ने क्रममा माझी डुबेर बेपत्ता भएको खबर अस्थायी प्रहरी पोस्ट ताराबारीलाई स्थानीयले जानकारी गराएका थिए। 

खोलामा बेपत्ता भएका माझीलाई नभेटाएपछि बिपद व्यवस्थापन कार्यालय भद्रपुरमा कार्यरत प्रहरी जवानद्धय मिलन फेन्दुवा (लिम्बु) र गोविन्द यादवले उनको शव खोलाको खाल्डोबाट निकालेका थिए।  मृतक माझीको शवलाई पोस्टमार्टमका लागि मोरङ पठाएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए।  
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.