|

सुनसरी :  इटहरीमा सम्पन्न प्रथम एरिना च्यालेञ्ज रात्रिकालिन क्रिकेट प्रतियोगिताको उपाधी नेपाल पुलिस क्लबले जितेको छ। 

सोमबार राति सम्पन्न फाइनलमा अर्को बिभागिय टिम त्रिभुवन आर्मीलाइ ८ विकेटले पराजित गर्दै पुलिसले उपाधीसँगै नगद १ लाख रुपैया हात पारेको हो । उपविजेता आर्मीले ५० हजारमा चित्त बुझाएको छ। 

इटहरीस्थित क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेकोे आर्मीले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउदै १ सय २३ रनको योगफल बनाएको थियो। आर्मीका लागी इसान पाण्डेले सर्वाधिक २७ रन बनाए। सुधिर चौधरीले २३ रन बनाउदा हरिकृष्ण झाले २२ र लोकन्द्र चन्दले १७ रनको योगदान गरे। बलिङतर्फ पुलिस क्लबका चित्र विष्ट र योगेन्द्र कार्कीले २–२ विकेट लिए। 

 जवाफमा १ सय २४ रनको विजयी लक्ष्य पुलिसले २ विकेटको क्षतिमा ८ दशमलव २ ओभरमा भेटायो। पुलिसका लागि दिलिप नाथले सर्वाधिक ३९ रन बनाए भने अनिल शाहले ३६ र सुनिल धमलाले १२ रन बनाए। बलिङतर्फ आर्मीका राहुल भण्डारी र विक्रम साउदले १–१ विकेट लिए।

प्रतियोगिताको उत्कृष्ट खेलाडी पुलिसका योगेन्द्र कार्की घोषित हुदै नगद ५ हजार पाए। यस्तै उत्कृष्ट बलर पुलिसका नविन थापा, उत्कृष्ट ब्याष्टमेन र म्यानअफ द फाइनल पुलिसकै अनिल शाह घोषित भए। उनीहरु दुबै जनाले जनही नगद २५ सय रुपैया र ट्रफी पाए। प्रतियोगितामा नेपालका तीन विभागिय टिम सहित ८ टोलीको सहभागिता थियो।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.