चितवन : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको समृद्धिका लागि नेकपा नेतृत्वको विकल्प नभएको बताएका छन्।
नेपाली कांग्रेस चितवनमा आवद्ध तरुण दलका १३५ जना कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै प्रचण्डले सबै युवाहरु नेकपामा गोलबद्ध भएमात्रै सोचेको समृद्धि प्राप्त हुने बताए।
भरतपुर महानगर प्रमुख रेनु दाहाल निवासमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले युवालाई देश जिम्मा लगाएर आफूहरु जाने बताए। उनले सबै युवालाई नेकपामा गोलबद्ध हुन पनि आग्रह गरेका छन । प्रचण्डले पार्टी प्रवेश गरेकालाई टीका र खादा लगाएर स्वागत गरे।
नेकपा प्रवेश गर्नेहरुमा पूर्वी चितवनका तरुण दल क्षेत्रीय सदस्यहरु सन्तोष गुरुङ, दीपक थापा, सुदन श्रेष्ठ, चोक बहादुर गुरुङ, प्रनिल तामाङ लगायत छन् । उनीहरुले मुलुकको समृद्धि नेकपा नेतृत्वबाट मात्रै सम्भव हुने भएकाले कांग्रेस परित्याग गरेको बताए ।
‘हजुरबुवा, बुवा, परिवार कांग्रेसमा लागेकैले युवाहरु पनि त्यही बाटोमा हिँड्नुपर्छ भन्ने छैन’, उनीहरुले भने, ‘आप्mनो निर्णय आफैँ लिनुपर्छ। पार्टीको नीतिनियम र निर्देशन अनुसार नेकपामा क्रियाशल हुने उनीहरुले बताएका छन्।
कार्यक्रममा नेकपा प्रदेश ३ का अध्यक्ष नारायण दाहाल, जिल्ला अध्यक्ष यमबहादुर परियार र सचिव कृष्णभक्त पोख्रेल लगायतका नेता कार्यकर्ता उपस्थि थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।