|

सल्यान : शिक्षा विकास तथा समन्वय इकाई सल्यानका प्रमुख धनबहादुर ओली घुस रकमसहित पक्राउ परेका छन्।

उनी २५ हजार नगद रुपैयाँ घुस लिएको रकमसहित पक्राउ परेका हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले उनलाई  घुस रकम लिएको अवस्थामा मंगलबार कार्यकक्षबाटै पक्राउ गरेको हो।

शिक्षक सरुवाको सहजीकरण गरेवापत एक सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा उनी पक्राउ परेका हुन्। ओली गएको वैशाख ११ गतेदेखि सल्यानमा इकाई प्रमुखको रूपमा कार्यरत थिए।

ओलीको मुद्दाको आवश्यक प्रतिवेदन तयार गरिसकेपछि विशेष अदालतमा मुद्दा दायर गरिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले बताए। 'आवश्यक प्रकृया पूरा गरेपछि मुद्दा प्रकृया अघि बढाइने छ', उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.