|

भद्रपुर, (झापा) :  सुतिरहेका आमाछोरीलाई घरमै गएर धारिलो हतियार प्रहार गरी लाखौँ रकम लुटपाट गर्ने पक्राउ आरोपित दुईलाई झापा कारागार चलान गरिएको छ।

गत जेठ ९ गते मेचीनगर नगरपालिकामा १० स्थित धुलाबारी बस्ने ४१ वर्षीया आरती चौहान (बुढाथोकी) र उनकी ८ वर्षीया छोरी अर्पणालाई सुतिरहेको अवस्थामा सोही नगरपालिका १० बस्ने ३५ वर्षीय सुरज श्रेष्ठ र ३१ वर्षीय नवीन भन्ने नवराज गिरीले धारिलो हतियार गरी लाखौँ रकम लुटेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका आरोपीद्बय श्रेष्ठ र गिरीमाथि घाइते आरतीका श्रीमान् ओमकुमार बुढाथोकीले प्रहरीमा ज्यान मार्ने उद्योग र डाँकामा जाहेरी दिएका थिए। साथै घटना भएकै दिन आरतीका भदैनी पूजा चौहानलाई आरोपीद्बयले अभद्र व्यवहार गरेको भन्दै पनि प्रहरीमा पीडित पक्षले जाहेरी दरखास्त दिएका थिए। छुट्टाछट्टै जाहेरीको आधार प्रहरीले घटनाको अनुसन्धान गरी दुवै जनालाई पक्राउ गरेकाे थियाे। 

प्रहरी कार्यालय झापाले आरोपीद्बयलाई सरकारी वकिल कार्यालय झापामार्फत अभद्र व्यवहार (सार्वजनिक हित, शान्ति सुरक्षा तथा नैतिकता विरुद्धको कसुर) मा प्रशासन कार्यालय झापामा मुद्दा दर्ता गराएको र झापा जिल्ला अदालतमा ज्यान मार्ने उद्योग तथा डाँकासम्बन्धी मुद्दा गराएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार अभद्र व्यवहार मुद्दामा प्रशासन कार्यालय झापाले असार २ गते आरोपीद्बयलाई १०/१० हजार धरौटी रकम मागेका थिए।

धरौटी रकम बुझाउन नसक्दा दुवै जनालाई पुर्पक्षका लागि कारागार चलान गरेका थिए। त्यस्तै साेमबार ९ गते झापा जिल्ला अदालतमा पेस गरिएको ज्यान मार्ने उद्योग तथा डाँका मुद्दामा अदालतका न्यायधिसले आरोपीद्बय श्रेष्ठ र गिरीलाई पुर्पक्षमा राख्ने आदेश दिएको छ।

यता घटना विवरण अनुसार आफ्नै घरमा सुतिरहेका आरती र अर्पणालाई कोठामै गएर श्रेष्ठ र गिरीले आक्रमण गरेका थिए। उनीहरूले आरतीको टाउकोमा धारिलो हतियार प्रहार गरी ज्यान लिने योजनाका साथ गएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

हाल घाइते आरती बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारार्थ छिन्। उनीहरूले आरतीमाथि आक्रमण गरी घरमा रहेको एकलाख ४० हजार समेत लुटेर लगेको उनका श्रीमान् ओमप्रकाशले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.