|

सल्यान : सल्यानमा एक सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। जिल्लाको बन्गाड कुपिन्डे नगरपालिका ८ ज्यामिरेकी १७ वर्षीया मोती परियारलाई हेलिकोप्टरमार्फत सुर्खेत लगिएको हो।

मंगलबार बिहान घरमै मृत्त शिशु जन्मिएपछि बेहोस भएकी परियारलाई थप उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो। अत्यधिक रक्तचापका कारण बेहोस भएपछि जिल्ला प्रशासन कार्यालय सल्यानमार्फत सुर्खेत लगिएको जिल्ला अस्पताल सल्यानका डा.अर्जुन बुढाले बताए।

सुत्केरी परियारको अवस्था गम्भीर भएको र उनको उपचार आइसियूमा राखेर गर्नु पर्ने भएकाले रिफर गरिएको डा. बुढाको भनाई छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.