|

पर्सा : वीरगन्ज महानगरले पाचौ नगरसभा गर्दै आर्थिक वर्ष  ०७६/०७७  नयाँ बजेट सार्वजनिक गरेको छ। केन्द्रले यहि असार १० गतेभित्र नयाँ बजेट पारित नगरे केन्द्रबाट सहयोग रोक्ने चेतावनी दिईरहेको समयमा निर्धारित समयभित्र वीरगन्ज महानगरपालिकाले नयाँ आर्थिक बर्ष ०७६/०७७ को बजेट सार्वजनिक गरेको हो। वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि ४ अर्ब ४८ करोड १३ लाख ४८ हजार ८७९ को बजेट  प्रस्तुत गरेको छ।  

प्रस्तुत बजेटमा पुँजीगत तर्फ ३ अर्ब ३ करोड ८९ लाख ११ हजार र चालू तर्फ १ अर्ब ३८ करोड २४ लाख ३७ हजार तथा वित्तीय व्यवस्था तर्फ ६ करोड रकम विनियोजन गरेको छ। आगामी आर्थिक बर्षको अनुमानित बजेट वीरगन्ज महानगरपालिकाको तर्फ नगर प्रमुख विजय कुमार सरावगीले प्रस्तुत गरे।

आगामी आर्थिक वर्षमा कूल खर्चमध्ये सबैभन्दा बढी पूर्वाधार विकासतर्फ २ अर्व ९४ करोड २८ लाख ५८ हजार ६ सय ७९ रुपैंया खर्च हुने उनले प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ। त्यसै गरी आर्थिक विकास क्षेत्रमा २ करोड ३४ लाख ७० हजार, सामाजिक विकास क्षेत्रमा ७१ करोड ८२ लाख ७२ हजार विनियोजन गर्ने सार्वजनिक गरिएको छ। कार्यालय संचलनतर्फ भने ७६ करोड ३४ लाख ६८ हजार ८ सय खर्च हुने अनुमान नगर प्रमुख सरावगीले सार्वजनिक गरेका छन्।

 महानगरपालिकाले आगामी वर्ष संचालन हुने मुख्य आयोजनाहरुमा ग्रामीण सहरी विकास परियोजना तथा मझौला सहर एकीकृत सहरी वातवरणीय सुधार आयोजना प्राथमिकतामा राखिएका छन्। यसका लागि २ अर्ब २८ करोड ४२ लाख २१ हजार ९ सय ९३ रकम विनियोजन भएको छ।

वडा स्तरीय योजनाका लागि  १९ करोड ७० लाख,  समपुरक कोषमा  २३ करोड १२ लाख ८ हजार ८ सय ५६, लक्षित कार्यक्रमका लागि १ करोड ५० लाख, तराई/मधेश समृद्धि कार्यक्रममा १ करोड ४० लाख, सडक बोर्ड कार्यक्रममा  १ करोड ५० लाख, बहुक्षेत्रिय पोषण कार्यक्रममा २० लाख, सामाजिका सुरक्षा भत्तामा २० करोड, उज्यालो वीरगंज कार्यक्रमका लागि  ३ करोड,  शैक्षिक विकास तर्फ ५२ करोड ४१ लाख ६४ हजार र  स्वास्थ्य तर्फ  १० करोड ७५ लाख २७ हजार र जनसहभागितामा आधारित कार्यक्रम तर्फ ४ करोडको बजेट छुट्याइएको नगर प्रमुख सरावगीले प्रस्तुत गरेको वितरित प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रदेश नम्बर २ को एक मात्र महानगरपालिकाले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको अनुमानित बजेटको आम्दानीको श्रोत भने संघीय सरकारको वित्तीय समानीकरणबाट ४४ करोड १४ लाख, राजश्व वाँडफाँडबाट २६ करोड ७४ लाख र सशर्त अनुदानबाट ६१ करोड २३ लाख प्राप्त हुने जनाइएको छ।

त्यसैगरी प्रदेश सरकारबाट वित्तीय समानिकरणमा.१ करोड १५ लाख ७३ हजार, सशर्त अनुदान तर्फ ३ करोड, राजश्व बाँडफाँड तर्फ सवारी साधनबाट ३ करोड १४ लाख ४ हजार, घर जग्गा रजिष्ट्रेशन तर्फबाट ६ करोड, सरसफाई सेवा शुल्कबाट १ करोड ५५ लाख १८ हजार, नगर विकास अनुदानबाट  २ अर्व २० करोड ६५ लाख १० हजार १ सय ६०, नगर विकास ऋणबाट  ७ करोड ७७ लाख ११ हजार ८ सय ३३, सडक बोर्डबाट  १ करोड ५० लाख प्राप्त हुने अनुमान गरिएको छ।

गत बर्ष नयाँ नीति तथा कार्यक्रम ल्याउँदा करको दर ३५ गुणा सम्म बढाएर आलोचित बनेको वीरगन्ज महानगरपालिकाले यो बर्ष भने प्रस्तुत गरेको बजेट कार्यक्रममा करको दर उति नबढाएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.