|

किम्बदन्ती अनुसार नागार्जुन पर्वतबाट राक्षस सुवर्णपुर अर्था ग्वलः देशक्षेत्रमा आइ बालबच्चा चोरेर त्रास फैल्याउँछ। राजाले बन्धुहरूसँग सल्लाह गरेपछि  राक्षस आउने बाटोमा सिपाही खटाइन्छ। तर, राक्षस मायाबी रूप धारण गरेर अलप हुन्छ। त्यसपछि काठमाडौं शहरमा लुक्न जान्छ।

सिपाहीहरू खोज्दै त्यहीँ पुग्छन। तर काठमाडौंबासीले कोही नआएको भन्दै राक्षसलाई बचाउँछन। सिपाहीहरू राक्षस खोज्दै नागार्जुन डाँडासम्म पुग्छन। त्यहाँ राक्षसको बच्चालाई समातेर ल्याएर त्रिशुलले रोपी राक्षसलाई तर्साउँछन। त्यसबेलादेखि राक्षसले बच्चा चोर्न छाडेको विश्वास गरिन्छ।।

यो किम्वदन्दी मचाटी जात्रा अर्थात् त्रिशूल जात्राको जुन ग्वल: देश (हालको जय बाग्शेवरी क्षेत्र)मा पर्दछ। असार शुक्ल पक्षमा मनाइने यो जात्रा त्रिशूलमा रोपिएको बच्चा रथमा राखेर नगर परिक्रमा गराइ जयबागेश्वरीबाट देवपत्तन (पशुपति क्षेत्र) को बज्रघरमा  लगेर टुंगाइन्छ। सांकेतिकरुपका राक्षसका बच्चालाई त्रिशूलमा राखेर रथमा घुमाउने भएकाले यसलाई त्रिशूल जात्रा भनिएको हो।

यो जात्रामा ३ बालबालिकालाई त्रिशूलले घोपिन्छ। जसमा २ बालिका र एक बालक हुन्छन्। जसलाई कुमार र कुमारीको प्रतीक मानिन्छ। यस जात्राका सहभागीहरु हातहातमा रुखका हाँगा र बोक्रा बोकेर राक्षसहरूलाई गाली गर्दै हिँड्छन्। 

फोटोमा त्रिशूल जात्रा

 

 

 

 

 

 

 

 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.