|

नवलपरासी : पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले विकास निर्माणका विभिन्न ६ योजनाका लागि सूचना प्रकाशन गरी संकलन गरेको शिलबन्दी बोलपत्रका फाइल च्यात्ने सविन थापा क्षेत्री  पक्राउ परेका छन्। 

क्षेत्रीलाई मंगलबार अपराह्न उनकै घरबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक बुद्धिसागर पुरीले जानकारी दिए।

नगरपालिकाले असार ५ गते दिउँसो २ बजेका लागि बोलपत्र खोल्ने समय तोकेकोमा क्षेत्री १२ बजेपछि कार्यालयमा पुगी सिलबन्दी बोलपत्रहरू नियन्त्रणमा लिएर च्यातेका थिए । 

बुधबार जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी कारबाही प्रक्रिया अगाडि बढाउने जिल्ला प्रहरी कार्यलय नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिए।

नगरपालिकाले सिलबन्दी बोलपत्र आह्वान गरेका योजनाहरूमा सिसहनिया चिसापानी सडक कालोपत्रे, वडा नम्बर १४ र ७ को सीमादेखि माकर हेल्थपोस्टसम्मको बाटो कालोपत्रे, हुलाकी बाटोको जमुनिया बजारदेखि १३ नम्बर वडा कार्यालय जाने बाटो, जमुनिया लेवडा कालोपत्रे सडक, समर्सिवल पम्प पाइप खरिद तथा जडान र विद्युतीय तार तथा अन्य सामग्री खरिद रहेका छन्।

६ योजनामध्ये विद्युतीय तार तथा अन्य सामग्री खरिदका लागि प्राप्त सिलबन्दी बोलपत्र बाहेक सबै च्यातिएको थियो।

  अघिल्लो समाचार

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.