२९९ रोपनी सरकारी जग्गा हडप्‍नेमा को को परे नामसहित

|

काठमाडौं : अख्तियार दुरुपयोग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवासको २९९ रोपनी  जग्गा अनियमिततामा मुछिएका तीन परिवारसहित ८६ जनालाई बयानका लागि बोलाएको छ। 

सार्वजनिक सूचना निकालेर अख्तियारले बुधबार ललितानिवासको जग्गा अनियमितताबारे छानविन गर्ने भन्दै ८६ जनालाई बयानका लागि डाकेको हो।

उनीहरूलाई ७ दिनभित्र उपस्थित हुन अख्तियारले भनेको छ। सूचनामा कल्याण गुरुङको पनि नाम छ। उनी भाटभटेनीका सञ्चालक मीनबहादुरको छोरा हुन्।

यसअघि नै अख्तियारले शोभाकान्त ढकाल र रामकुमार सुवेदीको घरमा पुर्जी टाँसिसकेको थियो। अहिले भने शोभाकान्तको छोरी लक्ष्मी ढकालको नाममा सूचना निकालेको हो। उनी हाल अमेरिका छन्। सुवेदी र ढकाललाई त्रिताल आयोगले भूमाफिया भनी किटान गरेको थियो।

को को परे पढ्नुस् पूरा नाम

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.