सात हजार धरौटी बुझाउन नसकेर कारागार

|

संखुवासभा : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक कार्यकर्ता कारागार चलान भएका छन्। पाँचखपन नगरकालिका–६ का बाबुराम किराती ‘विवश’लाई सात हजार धरौटी नबुझाएको भन्दै मंगलबार कारागार चलान गरिएको जिल्ला अदालत चैनपुरका सुचना अधिकारी गोविन्द कार्कीले जानकारी दिए।

राईलाई संगठित रुपमा हातहतियार खरखजना तथा विष्फोटक पदार्थ ओसारपसार,सार्वजनिक सम्पतिमा विष्फोटन, र संगठित रुपमा आगजनी गरेको आरोप लागेको छ। राईले सार्वजनिक सम्पतिमा विष्फोटन गराएको मुद्दामा ७ हजार धरौटी बुझाउन नसकेपछि कारागार चलान गरेको सूचना अधिकारी कार्कीले बताए। अन्य दुई मुद्दामा साधारण तारिखमा तोकिएको छ।

विप्लवका कार्यकर्ता राईलाई प्रहरीले असार ५ गते सदरमुकाम खाँदबारीबाट पक्राउ परेको थियो। राई विप्लवको राष्ट्रिय युवा जनस्वयम सेवकको केन्द्रीय अध्यक्ष तथा कोशी ब्यूरो सदस्य भए पनि पछिल्लो समय राजिनामा दिएर निष्कृय भएर घर परिवार सँगै बस्दै आएको परिवार स्रोतको भनाइ छ।

परिवारले सामान्य जीवन बिताउन र ब्यत्तिगत कामका शिलसिलामा सदरमुकाम खाँदबारी आएको बेला पक्राउ गरको भन्दै आपत्ति जनाएका छन्। राईलाई छुटाउन उनका आफन्त सुनसरी जिल्लाको इटहरीबाट केही दिनदेखि जिल्ला प्रहरी कार्यालय संखुवासभा धाइरहेको बताए। राईको घर पाँचखपन भए पनि उनी अहिले परिवारसँग सुनसरीको इटहरी बस्दै आएको आफन्तको भनाइ छ। 

राई तत्कालीन १० वर्ष युद्ध मार्चमा सहभागी हुँदा टाउकोमा गोली लागेर घाइते भएका थिए। राई घाइते अपांगको 'क' वर्गको सूचीबाट पाउने भत्ता विप्लव कार्यकर्ता भन्दै रोकिदिएपछि उनी राज्यले दिने मासिक भत्ता बुझ्न रकम लिन जिल्ला प्रशासन कार्यालय आएको मौकामा प्रहरीले पक्राउ गरेको थियो।

विप्लव विद्यार्थी जिल्ला संयोजक नेकपा प्रवेश

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका जिल्ला संयोजक रमेश कार्की एक महिना अघि नै सो पार्टी परित्याग गरिसकेका थिए। क्रान्तिकारीका जिल्ला संयोजक कार्की बुधबार नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रवेश गरेको नेकपा संखुवासभाका जिल्ला अध्यक्ष हेमराज घिमिरेले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.