|

काठमाडौं : काभ्रेको पनौतीमा संघीय प्रहरी इकाइ कार्यालय, बागमती गुल्मको गाडी दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी दिपक गिरीका अनुसार पनौती नगरपालिका-७ खर्पुमा ना१ग७४४ नम्बरको गाडी दुर्घटनामा परेको हो । 

२१ जना प्रहरी सवार उक्त गाडी मोडमा बा१३च५०७५ जीप छलाउन खोजेर अघि बढ्ने क्रममा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा दुईजना प्रहरीको हात भाँच्चिएको छ भने एकजनाको टाउको फुटेको छ । अन्य ६ जना सामान्य घाइते भएका छन्। 

घाइतेमध्ये हात भाँच्चिएकालाई शीर मेमोरियल अस्पतालमा भर्ना गरिएको छ। टाउको फुटेका प्रहरी हवल्दार बलराम तामाङलाई काठमाडौंस्थित ट्रमा सेन्टरमा भर्ना गरिएको छ। 

डिएसपी गरिका अनुसार बुधबार बिहान मोटरसाइकल दुर्घटनामा मृत्यु भएका स्थानीय युवाको विषयलाई  विवाद चर्किएपछि मद्दतका लागि पनौतीबाट २१ जनाको टोलीसहित उक्त गाडी जाँदै थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.