|

काठमाडौं : सफल चलचित्र प्रेम गीतको तेस्रो शृंखला ‘प्रेम गीत–३’मा बाल राजकुमार अर्थात् प्रदीप खड्काको बाल भूमिकामा बाल अभिनेता अनुभव रेग्मी हुने भएका छन्। चलचित्रको बालकलाकारका लागि अनुभवलाई निर्माण संस्था आसुसेन फिल्मसका तर्फबाट मंगलबार बेलुका अनुबन्धित गरिएको हो। 

सो सम्झौताअनुसार अनुभवले प्रेम गीत–३ मा मुख्य अभिनेता प्रदीप खड्काको बाल्यअवस्था अर्थात् प्रेमको भूमिका निर्वाह गर्नेछन्। उनको भूमिका पनि निकै प्रभावशाली हुने चलचित्रका  निर्माता, निर्देशक सन्तोष सेनले जानकारी दिए।

‘प्रेम सानो हुँदाको रोलमा अनुभव अत्यन्त फिट देखिए त्यसैले हामीले उनीसँग सम्झौता गरेका छौँ। प्रेम गीत ३ फ्रेन्चाईजका निर्देशक सन्तोष सेनले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.