|

रौतहट : मंगलबार प्रहरीको गाडी दुर्घटनामा ज्याउन गुमाउने आफन्तहरूलाई राहतस्वरूप १० लाख सहयोग उपलब्ध गराउने सहमतिमा अबरुद्ध महेन्द्र राजमार्ग खुलेको छ। प्रहरीको लापरवाहीले आफ्नो मान्छेको ज्यान गएको भन्दै मृतकका आफन्तले बुधबार दिउँसो पूर्व-पश्चिम महेन्द्र राजमार्ग अवरुद्ध गरेका थिए।

मंगलबार इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट जिल्ला अदालत गौरमा थुनुवालाई म्याद थपको लागि  लिएर जाँदै गरेको भ्यान चन्द्रपुर १० स्थित बालचनपुर नजिकमा दुर्घटना हुँदा २ जनाको ज्यान गएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका रौतहट चन्द्रपुर नगरपालिका वडा नं. ६ का लागुऔषध मुद्दामा थुनामा रहेका मुकेश भनिने निमरल साह र सुनसरी इनरुवा नगरपालिका वडा नं. ९ मा सवारी ज्यान मुद्दामा थुनामा रहेका रमेश कुमार चौधरीको उपचारको क्रममा नारायणी अस्पताल वीरगन्जमा मृत्यु भएको थियो।

राजमार्ग अवरुद्ध भएपछि रौतहट क्षेत्र नं. ४ का संघीय संसद देवप्रसाद तिमलसिनाको पहलमा सहमति भएको थियो। मृतक परिवारलाई १० लाख राहत उपलब्ध गराउन गृह मन्त्रालयलाई सिफारिस गर्ने र हाललाइ किरिया खर्चको लागि एक परिवारको लागि २५ हजार सहयोग गर्ने सहमति भएको संसद तिमलसिनाले जानकारी दिए।

दुर्घटनामा परि प्रहरीतर्फ ६ जना र २ जना घाइते भएका छन्। अन्य दुई अभद्र व्यहारको मुद्दामा थुनुवामा रहेका कुमार गेलाल र टेक बहादुर तामाङको चन्द्रपुर हस्पिटल प्रालिमा उपचार भइरहेको छ। प्रहरीतर्फ प्रहरी सहायक निरीक्षक दिनेश चौलागाईं, प्रहरी हवल्दार उमेश यादव, प्रहरी हवल्दार विनोदप्रसाद मण्डल प्रहरी जवान संजीवकुमार कार्की, हरिकिशोर चौधरी तथा अजयकुमार यादव रहेका छन्। 

प्रहरी जवान हरिकिशोरलाई भने थप उपचारका लागी वीरगंज रिफर गरिएको छ। भ्यानको पट्टा भाँच्चिएर दुर्घटनामा भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.