|

काठमाडौं : सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई सघाएको आरोपमा 'रसुवाली कवि' लाई प्रहरीले पक्राउ गरेको छ। 

‘रसुवाली कवि’का नामले परिचित कवि तथा पत्रकार ठाकुरप्रसाद तिमिल्सिनालाई प्रहरीले  प्रदर्शनी मार्गस्थित नेपाल ल क्याम्पस अगाडिबाट बुधबार पक्राउ गरेको हो।

प्रगतिशील लेखक संघ नेपालका सल्लाहकार मातृका पोखरेलले रसुवाली कविलाई प्रहरीले गिरफ्तार गरेको जानकारी दिए। पोखरेलका अनुसार गैरन्यायिक हत्याविरुद्ध नेपाल ल क्याम्पसमा छलफलमा सहभागी भइरहेको बेला रसुवाली कविलाई प्रहरीले गिरफ्तार गरेको हो। 

पत्रकार जन्मदेव जैसीले पनि रसुवाली कविलाई प्रहरीले गिरफ्तार गरेको बताएका छन्। उनले कविको विनाशर्त रिहाइको माग गरेका छन्। रसुवाको कालिका गाउँपालिका-३ का बासिन्दा उनी केही समयदेखि काठमाडौंमै थिए

रसुवाली कविलाई गत वैशाखमा पनि बालाजुको हिलेगाउँ क्षेत्रबाट सशस्त्र प्रहरी टोलीले पक्राउ गरेको थियो । उनलाई करिब २४ दिनसम्म हिरासतमा राखेपछि प्रहरीले रिहा गरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.