|

मनाङ : बाढीले पक्की पुल बगाएपछि सम्पर्कबिच्छेद भएको मनाङ जोड्ने म्यार्दी खोलामा काठको फड्के बनाइएको छ। असार ८ मा बाढीले पुल बगाएपछि मनाङमा सवारी आवगमन ठप्प भएको थियो। अहिले यस सडक खन्डमा लमजुङ बेसीसहर देखी लमजुङको च्याम्चे सम्म सवारीसाधान सन्चालन भएका छन्।

मनाङमा ठाउँठाउँमा रोकिएका केही सवारी साधन मात्रै सन्चालन छन्। अझै सवारी साधान वरपार गर्ने अवस्था नदेखिएपछि मानिस आवतजावत गर्न काठको फड्के निर्माण गरिएको हो।

अहिले अस्थायी रूपमा पैदलयात्रु वारपार गर्न फड्के बनाएर शनिबारदेखि मानिस आउजाउ गर्न थालेको मनाङको नासों गाउँपालिका-१ का अध्यक्ष झलकबहादुर गुरुङले बताए।

डिभिजन सडक कार्यालय दमौलीका सब-इन्जिनियर सुमन अधिकारीका अनुसार करिब ९ मिटर लम्बाइ र १ मिटर चौडाइको काठे फड्के बनाइएको हो। तत्कालै जिप गुडाउने सम्भावना छैन। बाढी आए फेरि फड्के बगाउने चिन्ता छ’ उनले भने, ‘तत्काललाई मान्छे हिँड्न भयो। ट्याक्टर हिँडाउन बाटो बनाइरहेका छौं।’ 

उनका अनुसार तिमाङ छहरामा पनि अस्थायी काठेपुल राख्न थालिएको छ। डिभिजन इन्जिनियर विष्णुप्रसाद काफ्लेले अस्थायी संरचना निर्माण गरेर हिँडाउन थालिएको बताए। 

‘माथिल्लो क्षेत्रमा हुने खाद्यान्न अभावलाई टार्न र जनजीवन सहज बनाउन काठे फड्के राखेका छौं’ उनले भने। पुल छेउसम्म सामान लाने र त्यसपछि मानिसले पार गराएर पुनः त्यहींबाट सवारी साधनमार्फत माथिल्लो क्षेत्रमा खाद्यान्न लान सकिने उनले बताए। 

‘एक महिनामा बेलिब्रिज नै राख्ने गरी काम अघि बढाएका छौं,’ उनले भने, ‘दुवैतर्फको पिल्लर रहेकाले यसमै बेलिब्रिज राख्ने गरी डिजाइन भइरहेको छ।’मनाङका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाका अनुसार अस्थायी संरचना निर्माणमा माथिल्लो क्षेत्रमा सेना, सशस्त्र र प्रहरीले समेत काम गरेका छन्। 

चामे गाउँपालिका  वडा ४ का अध्याक्ष लप्सन लामाले छिद्पु, तिर्चुङाल्डा, थान्चोक र स्याक्र्युमा पहिरो पन्छाएपछि तिमाङ माथि चामेसम्मको आवतजावत सहज भएको बताए। 

सडक डिभिजन कार्यालय दमौलीका पुर्व डिभीजन इनजीनियर भानु जोसीका अनुसार  २०६४ सालमा नेपाली सेनाले निर्माणगरेको अस्थाई काठे पुलले ७ बर्ष सम्म स्थाइत्व भएको थियो।

जुन जम्मा ५ मिटर लम्बाई रहेको थियो। उनले भने , काठे पुल भत्कीए पछि राखीएका मोटर एवम् पुलको लम्बाई बढ्दै गह्यो तर आयु घट्दै जान थाल्यो २०७२ मा निर्माण गरीएको पुल २०७३ साउन २ मा बगायो। २०७५ भदौमा सम्पन भएको पुल अहिले बाढीले बगायो। 

जसको लम्बाई २४ मिटर रहेको थियो। अब यस खोलामा कहाँ पुल निर्माण  गर्ने भन्ने चिन्ता छ। खोलाले माथिदेखि नै पहरो फोडेको छ। जुन ढुङ्गाको  सपोटमा निर्माण गरिएको थियो उक्त ढुङ्गो नै चर्किएको छ।

उनका अनुसार पुल निर्माण गर्नुपूर्व फाउन्डेन तयर गर्नु जरुरत छ। अहिलेलाई मानिस आवतजावत गर्न र खाध्यन्न लगायतका सरसामान  ओसारपसार गर्न  काठको फड्के निर्माण गरिएको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.