|

चितवन : चितवनमा एक पुरुष मृत भेटिएका छन । भरतपुर महानगरपालिका–११ जागृतिचोक टोलका ४३ वर्षीय गोविन्दहरी चौलागाईँ मृत भेटिएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

चौलागाईँ भरतपुर १ उद्योग वाणिज्य संघको पछाडि नारायणी नदी किनारमा ढलेको अवस्थामा सोमवार साँझ ६ बजे फेला परेका हुन । उनको साथमा एउटा झोला फेला परेको छ । झोलामा नागरिकता भेटिएको प्रहरीले जनाएको छ ।

घट्ना शंकास्पद

घट्ना शंकास्पद देखिएकाले हत्या भएको परिवारको दावी छ । मृतककी भाउजू तारा चौलागाईँले देवरको मुख, ढाड, औँला र शरीरका स्थानमा चोट भएको बताइन् । 

मृतकका परिवारले घट्ना शंकास्पद देखिएकाले छानबिन गरी सत्यतथ्य पत्ता लगाउनुपर्ने माग गरेका छन्। मृतक गोविन्दहरि भारत जान्छु भन्दै आइतवार घरबाट निस्किएका परिवारको भनाइ छ । उनको शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.