|

काठमाडौं : हरेक चैत्यमा पुग्दा शिखरमा रहेका बुद्धका दुई आँखाले सबैको ध्यान तान्छ। चैत्यको चारैतिर रहेका यी आँखालाई बुद्धका आँखा वा बुद्धि आँखा भनिन्छ। ध्यान मुद्रामा देखिने यी आँखा ज्योतिको प्रतीक मानिन्छन्। चैत्यको चारै कुनामा यी आँखा हुनुको अर्थ बुद्धको ज्ञान ज्योति सर्वव्यापी रहेको छ भन्ने हो।

ध्यानमग्न दुई आँखाको बीच नाक रहने ठाँउमा देखिने प्रश्नवाचक चिह्न जस्तो देखिने आकृति देवनागरी लिपिको संख्या १ हो, जसलाई एकताको प्रतीक मानिन्छ। आँखाको बीच भागको माथि निधारमा रहेको संकेत बुद्धको तेस्रो आँखाको हो। यो आध्यात्मिक आँखाको प्रतीक हो।

नेपालमा रहेका हरेक चैत्य र बौद्ध गुम्बालगायत यी प्रतीक पाइन्छ। यो नेपालकै प्रतीकको रूपमा विश्वभर चिनिन्छ।

फोटोमा स्वयम्भू र बौद्ध चैत्यमा देखिने बुद्धका आँखा–

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.