|

डडेल्धुरा : एक वर्षअघि कुरुप देखिने अमरगढी नगरपालिका–२ मा रहेको ‘अमरगढी पार्क’ पछिल्लो समयमा हरियाली बन्दै गएको छ। अरमगढी नगरापालिका नगरभित्र रहेका पर्यटकीय क्षेत्रको संरक्षणमा जुटेपछि पार्कको मुहार फेरिएको हो।

पर्यटकीय क्षेत्रका दृष्टिकोणले धेरै नै सम्भावना बोकेको अमरगढी नगरपालिका जीर्ण अवस्थामा रहेका संरचनाको संरक्षणमा जुटेको छ। ‘अमरगढी पार्क’को संरक्षणमा अहिले अमरगढी नगरपालिकाले ध्यान दिएपछि पार्कको मुहार फेरिएको छ।

जनप्रतिनिधि आउनुभन्दा अगाडि करोडौंका संरचना निर्माण गरे पनि उचित संरक्षणको अभावमा जीर्ण अवस्थामा रहेका थिए। नगरपलिकामा जनप्रतिनिधि आएपछि ‘अमरगढी पार्क’ संरक्षणमा चोसो देखाएका छन्। बेवास्थाका कारण लथालिंग भएको अमरगढी पार्कको अमरगढी नगरपालिकाले सरसरफाईसँगै विभिन्न संघसंस्थासँग समन्वय गरेर त्यहाँ फूलहरु रोपेको नगरप्रमुख विशेश्वरप्रसाद ओझले जानकारी दिए।

यहाँका सरोकारवाला, विभिन्न सामाजिक संघसंस्थाहरु अमरगढी पार्कको संरक्षणमा जुटेका हुन्। सदरमुकाम नजिकै चालिस मोडको पूर्व पट्टीको डाँडोमा निर्माणाधिन पार्क उपभोक्ता समितिको वेवास्थाका कारण जीर्ण बन्दै गएको थियो।

वैश्याधुरा सामुदायिक वनमा करिब ५ सय वर्ग मिटरमा फैलिएको पार्कमा लगाइएका फूलका विरुवा हराएसँगै पार्क झाडीले ढाकिएको थियो। तर अहिले आएर यहाँ फूलका विरुवाहरु लगाएर आर्कषक बनाइएको छ।

अहिले त्यहाँ सदरमुकाममा अध्ययन गर्ने विद्यार्थीहरुसँग यहाँ कार्यतर कर्मचारी घुम्न जाने गरेका छन्। यो गर्मीमा त्यहाँ सितल छ। त्यहीँ भएर पनि यहाँ आन्तरिक पर्यटकहरु पुग्छन्। पार्क स्थानमा विश्राम स्थलहरु बनाइएको छ। पार्कसम्म पुग्नको लागि पक्की सडकको व्यवस्था गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.