|

काठमाडौं : खेल क्षेत्रबाट नेपालको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सफल खेलकर्मी र खेल संस्थालाई सम्मान गर्ने  पल्सर स्पोर्टस अवार्ड २०७५ कार्यक्रम मंगलबार नेपाल प्रज्ञा भवन कमलादीमा सम्पन्न भयो। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले आयोजना गरेको उक्त अवार्ड कार्यक्रममा बिजेताहरूलइ पुरस्कार तथा सम्मान गरिएको थियो।

नेपालको प्यारग्लाइडिङ टिमले टिम अफ द इयर अवार्ड जितेको छ।

नवोदित खेलाडीको सम्मान एथलेटिक्सका अजितकुमार यादवले पाएका छन्।

 

प्रशिक्षकतर्फ प्याराग्लाइडिङका योगेश भट्टराई छानिएका छन्।

 

पल्सर स्पोर्ट्स अवार्डमा पारा एथ्लेटिक्सतर्फको उत्कृष्ट खेलाडीमा मनकेशी चौधरीले बाजी मारेकी छिन्।

 त्यस्तै,  फुटबलका रोहित चन्दले विशेष खेलाडीको सम्मान पाएका छन्। 

भलिबलकी रेश्मा भण्डारीले पिपुल च्वाइस अवार्ड जितेकी छिन्।

 

 

म्याराथन धावक हरिबहादुर रोकाया लाइफटाइम एचिभमेन्ट अवार्डले सम्मानित भएका छन्।

त्यस्तै, महिला खेलाडीतर्फ फुटबल खेलाडि सावित्रा भण्डारीले उत्कृष्ट खेलाडीको सम्मान हासिल गरेकी छन्।

 

 

पुरुषतर्फका विजेता युकेश गुरुङ भएका छन्।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.