|

दाङ : प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सक्राममा  रहेको तत्कालीन 'जनमुक्ति' सेनाको ब्यारेकको निरिक्षण तथा अवलोकन

गरेका छन्।  वि.स २०६४ मा स्थापना गरिएको उक्त ब्यारकेमा नेपालको शान्ति प्रक्रियाको क्रममा सेना समायोजन गर्दा झण्डै २ हजार सेनालाई राखिएका थियो। २०६४ देखि २०६८ अर्थात् झण्डै ४ वर्षसम्म माओवादी लडाकुहरुलाई राखिएको थियो।

बुधबार बिहान सभामुख महराले युद्ध संग्राहलय निर्माण हुन लागेको संक्राम ब्यारेकमा पुगेर त्यहाँको निरीक्षण एव अवलोकन गरेका थिए। त्यस अवसरमा उनले मुलुकमा ठूलो परिवर्तन गर्न सक्राम ब्यारेकले महत्वपूर्ण भूमिका खेलेको भन्दै यस्को संरक्षण र प्रवर्द्धन गर्नुपर्ने बताए।

परीक्षाको खुडकिलो

 उनले तत्कालीन 'जनयुद्ध'को सम्झना गर्दै, भने, 'यो ब्यारेक हाम्रा लागि परीक्षाको खुड्किलो थियो, परीक्षामा सबै पास भयौँ, अब यस ऐतिहासिक सक्राम ब्यारेकस्थलको विकास हुन जरुरी छ।' उनले स्थानीय तह, प्रदेश र केन्द्रबाट बजेटको व्‍यवस्थापन गर्न आफूले पहल गर्नेसमेत बताए।

त्यसैगरी, तात्कालीन माओवादी सेनालाई समायोजन तथा स्वैच्छिक अवकासपछि जवान आवास, कार्यालय कक्ष, स्नानगृह, भान्सा घर, शौचालय, खेलमैदान तथा युद्धअभ्यास गर्ने सुविधासमेत भएको ब्यारेकलाई ऐतिहासिक जनयुद्धको सम्झना र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले संग्रहालय निर्माण गर्ने अभियानको तुलसीपुर उपमहानथगरपालिकाद्वारा सुरुवात गरिएको छ।

युद्ध संग्रहालयको आवश्यकता

साथै देश तथा विदेशका युद्धहरुमा प्रयोग भएका सामग्रीहरु प्रदर्शन गरिने तयारीसहित दाङमा युद्ध संग्रहालय निर्माणको तयारीमा जुटेको तुलसीपुर उपमहानगरपालिकाले जनाएको छ। पहिलो चरणमा २५ लाख बिनियोजन गरेर सडकको निर्माणसँगै अन्य ब्यारेक संरक्षण गर्नसमेत सुरु गरिसकेको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताए। 

उनले भने, 'यो हाम्रो लागि ठूलो अवसर हो, हामीले पहिलोपटक दाङमा अन्तर्राष्ट्रियस्तरको युद्ध संग्राहलय निर्माण गर्ने अभियानको थालनी गरेको भन्दै यसका लागि केन्द्र र प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताए। यस संग्रहालयभित्र धेरै युद्धमा प्रयोग भएका सामग्री र युद्धको सुरुवात र अन्त्य भएका देश विदेशका अभिलेखहरूको जानकारीसमेत यसै स्थानबाट जानकारी लिन सकिने गरी सुविधासहितको पुस्तकालयसमेत राखिने, योजना रहेको उनले बताए।

त्यसैगरी, स्थानीय कृष्णबहादुर पुनले सडक, बिजुली, टेलिफोन र खानेपानीको समस्याबाट स्थानीयहरुले समस्या भोग्दै आएको भन्दै तत्काल सबैको व्‍यवस्थापन गर्न माग गरेका थिए। उक्त ब्यारेकमा सानाठूला गरी करिब ६४ वटा भवन छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.