नवलपुर : सनराइज बैंकले नवलपुरको कावासोतीमा नयाँ शाखा विस्तार गरेको छ। नवलपुरस्थित कावासोतीमा बैंकले आफ्नो शाखा सञ्चालनमा ल्याएको हो।
बुधबार आयोजित कार्यक्रममा कावासोती नगरपालिकाका उपमेयर प्रेम शंकर मर्धानिया थारु र सञ्चालक समिति सदस्य शैलेन्द्र गुरागाईंले शाखाको संयुक्त उद्घाटन गरे । कार्यक्रममा सनराइज बैंकका अन्य पदाधिकारी पनि उपस्थित थिए।
योसहित बैंकको शाखा संख्या ११२ पुगेको छ । बैंकले नेपालभर ३६ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, १२६ वटा एटिएममार्फत ५ लाखभन्दा बढी ग्राहकाई सेवा प्रदान गर्दै आइरहेको छ ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।