|

सोलुखुम्बु : थुलुङ राई सांस्कृतिक प्रतिष्ठानले गाउँपालिका प्रवेशद्धारमा निर्माण गरिएको गेटमाथिको चिण्डो तोडफोडमा संलग्नलाई कारवाही गर्न माग रेको छ ।

थुलुङ-दुधकोशी गाउँपालिका र सोलुदूधकुण्ड नगरपालिकाको सीमास्थित प्रवेशद्वारमाथिको चिण्डो तोडफोडमा संलग्नमाथि  कारवाही गर्न माग गरिएको हो ।

 प्रतिष्ठानका अध्यक्ष निरकुधन राई र महासचिव पदम थुलुङले निकालेको विज्ञप्तीमा सांस्कृतिक धरोहरमा आक्रमण गर्नेलाई कारबाही गर्न सरकारसँग माग गरिएको छ ।

प्रवेशद्वारमाथिको चिण्डो मंगलबार राति अज्ञात व्यक्तिले तोडफोड गरेको थुलुङ-दूधकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अविलाल राईले जानकारी दिए । 

किरातीहरुको सांस्कृतिक पहिचान मानिने चिण्डोलाई किरातीहरुले वाबु वा वाबुक लगायत विभिन्न नामले चिन्छन् । 

प्रवेशद्वारमाथि गाउँपालिकाले चिन्डो निर्माण गरिराखेको थियो । यस्तै चिण्डो गाउँपालिका केन्द्रमा समेत निर्माण गरिएको गेटमा राखिएको छ । यो घटनामा संलग्नमाथि स्थानीयबासी, दलदेखि जनप्रतिनिधिसम्मले बदमासको खोजी गरि कारवाही माग गरेका हुन् ।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.